दफा
आगश्यक सहयोग वा मद्दत गर्नु पर्ने
(१) संहिताको दफा ६ को उपदफा (४) बमोजिम कुनै अधिकारीले कुनै कसूरको कारबाही गर्नु पर्ने भएमा निजले नजिकको कुनै निकाय, अधिकारी वा व्यक्तिसँग आवश्यक सहयोग वा मद्दत माग्न सक्नेछ । यसरी सहयोग वा मद्दत मागेमा आवश्यक सहयोग गर्नु सम्बन्धित निकाय, अधिकारी वा व्यक्तिको कर्तव्य हुनेछ ।
(२) संहिताको दफा ६ को उपदफा (६) बमोजिम सुराक लिन गएका बखत वा आफ्नो उपस्थितिमा कुनै कसूर भएको अवस्थामा त्यस्तो प्रहरी कर्मचारीले घटनाको सम्बन्धमा यथाशिघ्र सम्बन्धित प्रहरी कार्यालयमा खबर गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको कसूरका सम्बन्धमा कुनै व्यक्तिलाई तत्काल पक्राउ गर्नु पर्ने अवस्था भएमा संहिताको दफा ९ को उपदफा (६) बमोजिम जरुरी पक्राउ पूर्जी दिइ पक्राउ गर्नु पर्नेछ ।
(४) संहिताको दफा ६ को उपदफा (७) बमोजिम कसूरसँग सम्बन्धित दसीको मालसमान वा अन्य कुनै प्रमाण वा वस्तु कब्जामा लिई मुचुल्का तयार गर्दा संहिताको अनुसूची- १३ बमोजिमको ढाँचामा तयार गर्नु पर्नेछ ।